के देउवालाई छैठौं पटक प्रधानमन्त्री बनाउँदा देश बन्छ त ? राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सीमित नेताहरुले देशलाई बन्धकमा राखेको बताएका छन् ।

सिन्धुलीमा आयोजित निर्वाचको सभामा लिङदेनले सीमित नेताहरुको चक्रव्यूहमा देश फसेको बताउदै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छौठौं पटक प्रधानमन्त्री बनाउँदा देश बन्छ त ? भनी उम्मेदवारलाई प्रश्न गरेका छन् ।

उनले भने, ुसीमित नेताहरुले देशलाई बन्धक गरेर राखेका छन् । ती नेताहरुको चक्रव्यूहमा देश फसेको छ । देश पुरै बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा बनेको छ । २६ वर्ष कांग्रेसले देश चलायो । देशले के पायो ?

चुनाव नियमित प्रकृया नभइ देशको भविष्य कस्तो बनाउने भन्ने कुरा निर्धारण गर्ने अध्यक्ष लिङदेनको भनाइ । उनले एउटा भोट गलत पार्टीलाई पर्‍यो भने पुरै देशले दुःख पाउने भन्दै सही उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन् ।