भन्सार छलि ल्याएको सवारी साधन सहित पक्राउ

काठमाडौँ । भन्सार छलि ल्याएको २ थान सवारी साधन सहित प्रहरीले पक्राउ गरेको छ । भक्तपुर सूर्यविनायक नगरपालिका ९ पलासे ठेगाना भएका २६ वर्षीय रविन ओझालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुमा भन्सार छलि चोरी पैठारी गरी ल्याएका सवारी साधन बिक्रि गर्न लागेको सुचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले टोएटा कम्पनीको कार १ थान र सोही नगरपालिका ८ आदर्शचोकबाट फोर्ड कम्पनीको जिप १ थान सहित उनलाई पक्राउ गरेको हो ।

उनलाई बरामद सवारी साधन सहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौं पठाइएको छ ।