भ्रष्टचारी मुद्दामा बार एसोसिएसन र अख्तियारबीच विवाद

काठमाडौं । अख्तियार दुरपयोग अनुसन्धान आयोग र नेपाल बार ऐसोसिएसनबिच भ्रष्टचारजन्य कसुरको मुद्दा जित हारलाई लिएर प्रत्यक्ष विवाद भएको छ । आफूहरुले साना साना प्रमाण पेश गरेपनि कतिपय भ्रष्टचारीका मुद्दाहरु सर्वोच्च अदालतको नजीरविपरीत गएर बिशेष अदालतले फैसला गरेर हराएको र कम दण्ड जरीवाना तोकेको भन्दै अख्तियारले आक्रोष पोखेको थियो ।

बिहीबार नेपाल बार एसोसिएसनले पत्रकार सम्मेलन गरेर अख्तियारको पत्रकार सम्मेलन प्रयुत्त भाषहरु प्रस्तुति र प्रस्तुतकर्ताको भनाइले सिङ्गो न्यायपालिकाकै जनआस्थामा खलल पार्ने काम गरेको आरोप लगायो । गत मंगलबार अख्तियारले पत्रकार सम्मेलन गरेर भ्रष्टचारजन्य अधिकांश मुद्दामा आफूहरुले र अडियो र लिखतसमेत पेश गरेर बहस गर्दा पनि विशेषले मुद्दा हराइदिएको भन्दै १सय भन्दा बढी मुद्दाको सर्वोच्च अदालतमा पुनरवलोकन दिएको जानकारी दिएको थियो ।

मंगलबार अख्तियारले पत्रकार सम्मेलन गरेर ब्यत्त गरेको भनाइप्रति बारले आपती जनाउँदै बिहीबार राजधानीमा आयोजित पत्रकार सम्म्लेनमा गरी अख्तियारले दायर गरेको मुद्दाहरु सबै जित्नुपर्छ भनेर गरिएको तर्क नै गलत भएको भन्दै अख्तियारको अनुसन्धान पेश गरिएको प्रमाण र सरकारी वकिलले विशेष अदालतमा गरेको बहस नै कमजोर रहेको हो कि भन्नेबारे अनुसन्धान गर्ने सुझाव दिँदै आक्षेप नलगाउने चेतावनी ुमेत दियो ।

बारद्धारा आयोजित पत्रकार सम्मेलनमा विशेष अदालचको चालु र गत आवमा भ्रष्टचार सम्बन्धी मद्धामा गरेको फैसलाको तथ्यांक र मुद्दा हारेको संख्या नै गलत भएको तथ्यांक पेश गरिएको थियो । अख्तियारले पनि हारेको र सर्वोचमा पुनरावेदन गरिएको सबै मुद्दाको सार्वाजनीक गर्दे कहिले पुनरावेदन गरिएको हो त्यसको पनि मिति सार्वोजनीक गरेको छ ।

बारले पत्रकार सम्मेलन गरेलगतै बिहिबार साँझ अख्तियारबीच विज्ञप्ति जारी गर्दे आयोगले असल मनसायको साथ पत्रकार सम्मेलन गरि बिशेष अदालतबाट हारिएका र कम दण्ड तोकिएका मुद्दाहरुको विषयमा विशेष अदालत ऐन २०५९ को दफा १७ बिमोजिम सर्वोच्च अदालतमा पुनरावेदन गरिएको भन्दै बारको पत्रकार सम्मेलनतर्फ संकेत गर्दे सार्वजनिक निकायहरुबिच भ्रम सिर्जना र द्धन्द्द निम्त्याउने प्रकृतिबाट भएको सम्प्रषणतर्फ आयोगको गम्मीर ध्यानकर्षण भएको छ ।

बारले अख्तियारले बिशेष अदालतबाट गरेको फैसलाको तथ्यांक गलत दिएको दाबी गरे पनि त्यसको सिधा जबाफ अख्तियारले बारलाई दिँदै २२ गते पत्रकार सम्मेलन गरेर सार्वाजनीक गरीएको सबै तथ्यांक ठिक रहेको जानकारी दिएको छ ।

अख्तियारले सर्वोच्च अदालतका नजीर नै उदाहरणका रुपमा पत्रकार सम्मेलनमा सार्वजनीक गरेको थियो । भ्रष्टचारका मुद्दामा बार र अख्तियार दुवैको हार्नुपर्ने र सबै जित्नुपर्ने भन्ने स्वार्थ रहेको प्रस्ट देखिन्छ । कतिपय भ्रष्टचारको मुद्दामा अख्तियारले कमोर तर्क र प्रमाण पेश गरेर हार्ने गरेको गुनासो बढीरहेको बेला बारले पनि अख्तियारलाई आफ्नो अनुशन्धान र सरकारी बकिलले विशेष अदालतमा गर्ने बसहप्रती धयान दिन सुझाव दिएको छ ।