नमूना मतदानमा १० प्रतिशत मत बदर

काठमाडौँ । आसन्न प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी जनकपुरधाम उपमहानगरपालिका–१४ मा गरिएको नमूना करिब १० प्रतिशत मत बदर भएको छ ।

मतदाता शिक्षा कार्यक्रमअन्तर्गत समग्र विकास सेवा केन्द्रले आयोजना गरेको नमूना मतदानमा खसेको ५५ मतमध्ये ५ वटा मत बदर भएको समग्र विकास सेवा केन्द्रका सम्झनाकुमारी राउतले जानकारी दिए ।

मतदातालाई सही तरिकाले मतदान गर्ने विधिबारे जानकारी गराउँदै विगतमा हुने मत बदर सङ्ख्यामा न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सो वडाका मतदातालाई सही तरिकाले कसरी मतदान गर्ने, मतपत्रलाई कसरी पट्याउनेलगायतका विषयमा सहजीकरण गरिएको राउतले बताए ।

मतदातालाई समग्र विकास केन्द्रका सहजकर्ता सम्झना राउत, आरती यादव र आर्थी पासवानले घर–घरमा पुगी मतदातालाई निर्वाचन आयोगले तयार पारेको सामग्री फिपकार्ड, ब्रोसरको प्रयोग गरी मतदान गर्ने, मतपत्र पट्याउनेलगायतका बिषयमा सहजीकरण गर्भरेका थिए ।