साताको पहिलो दिन सुन चाँदीको मूल्यमा वृद्धि

काठमाडौँ । आज सुनको मूल्य तोलामा ६ सय रुपियाँले बढेको छ । शुक्रबार प्रतितोला ९६ हजार ७ सय रुपियाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वाजनिक गरेको विवरण अनुसार सुनको मूल्य तोलामा ९७ हजार ३ सयमा किनबेच भएको जानकारी गराएको छ । सुनको मूल्य शुक्रबार ९६ हजार ७ सयमा किनबेच भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ८ सय रुपियाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको मुल्य तोलामा ५ रुपियाँले बढेर १३ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।