सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोलामा २ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुन प्रतितोला ९८ हजार र तेजाबी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९८ हजार ४ सयमा कारोबार भएको थियो । त्यसैगरी तेजबी सुन ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।