मतदान गर्ने निर्धारित समय सकियो, केही स्थानमा मतदान अझै जारी

काठमाडौँ । निर्वाचन आयोगले निर्धारित गरेको बिहान ७ बजेदेखि अहिले ५ बजेसम्मको मतदानको अवधि सकिएको छ।

निर्वाचन आयोगले तोकेको समय अनुसार धेरै ठाउँमा मतदान सकिएको छ भने केही स्थानमा मतदान अझै जारी छ । देशभरका १५ स्थानको मतदान कार्य भने स्थगित भएको छ ।

बिहान ७ बजे नै सञ्चालन हुन नसकेका मतदान केन्‍द्र, आन्तरिक विवादले केहीबेर मतदान स्थगित भएका केन्द्र तथा ५ बजेभित्र केन्द्र आइपुगेका मतदाताले मत हाल्न नसकेसम्म मतदान जारी रहने आयोगले जनाएको छ ।

देशभर १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र कायम गरिएका थिए। निर्वाचन आयोगका अनुसार १ सय ४१ अस्थायी मतदानस्थलमा भने शत प्रतिशत मतदान भएको छ।

मतदानको निर्धारित अवधि सकिएपछि मतपेटिकालाई मतगणनास्थलसम्म लगिने छ ।