अध्यक्ष ओलीले झापामा अग्रता बढाउदै

काठमाडौं । झापाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अग्रतालाई बढाउनु भएको छ । पछिल्लो मत परिणाम अनुसार, ओलीले १२ हजार १८६ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय झापा ५ ले दिएको जानकारी अनुसार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ७ हजार १०३ मत प्राप्त गरेका छन् । हालसम्म २४ हजार ४५१ मत गणना सकिएको जानकारी दिएका छन् ।