अझै १ सय ३५ स्थानको मतगणना जारी : कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडी

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी नै छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ :१५ बजेसम्म कूल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ३५ स्थानको मतगणना जारी रहेको जानकारी छ ।

हालसम्म नेपाली कांग्रेसका ३ उम्मेदवार विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ निर्वाचन क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली विजयी भएका छन् ।

जारी मतगणनामा नेपाली कांग्रेस ४२ स्थानमा अगाडि छ । नेकपा (एमाले) ३८, नेकपा (माओवादी केन्द्र) १४, राष्ट्रिय स्वतन्त्र पार्टी ११, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच र अन्य दल तथा उम्मेदवार २२ स्थानमा अग्रस्थानमा रहेका छन् ।