झापा ५ मा एमाले अध्यक्ष ओली अगाडि

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राखेका छन् । मतगणनाको शुरुआत देखि नै आली अग्रस्थानमा रहेका छन् ।

अध्यक्ष ओलीले १७ हजार ४ सय ६८ मत प्राप्त गरेका छन्, भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार ३ सय ७ मत प्राप्त गर्ेका छन् ।

यसैगरी झापा ५ कै प्रदेशसभामा एमाले उम्मेद्वारले अग्रता कायम गरेका छन् । झापा–(१) मा एमालेका हिक्मतकुमार कार्कीले अग्रता कायम गरेको छ । प्रारम्भिक परिणाम नुसार उनले ९ सय ८१ मत प्राप्त गर्ेका छन् । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका जीवनकुमार राईले ६ सय ३२ मत प्राप्त गरेको छ ।

झापा–५ (२) मा एमालेका होमबहादुर थापा १ हजार २ सय ३४ मतसहित अगाडि बढेका छन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेवतराज पुरीले ७ सय ४८ मत प्राप्त गरेका छन् ।