सातको पहिलो दिन नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२.४३ अङ्कले उकालो लागेर १ हजार ९ सय ६५.९८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अङ्कले उकालो लागेर ३ सय ८६.२६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर मूल्य उकालो लागेको छ ।

आइतबारको कारोबारपछि बजार पूँजीकरण २८ खर्ब २७ अर्ब ९४ लाख ७२ हजार ८ सय ६९ मा पुगेको छ । नेप्सेका अनुसार कूल २ सय ३३ कम्पनीका ४२ लाख २३ हजार ८ सय ६७ कित्ता शेयर २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ मूल्यमा कारोबार भएको छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको ४५ करोड ४ लाख ७ हजार १ सय १९ बराबरको कारोबार भएको छ । नबिल बैंक १२ करोड ३ लाख २१ हजार ९ सय ८८, नेपाल दूरसञ्चार कम्पनी ९ करोड ७९ लाख ६३ हजार ८ सय ३३, शिवम् सिमेन्ट ८ करोड १८ लाख १ हजार ४ सय २५ र नेष्डो समृद्धि लघुवित्त ६ करोड ६ लाख ५ हजार २ सय २९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार डिप्रोक्स लघुवित्त ८.२१, जीवन विकास लघुवित्त ७.४३, कुमारी बैंक ६.७७, ग्रीनलाइफ हाइड्रोपावर ६.५७ र नेष्डो समृद्धि लघुवित्तका लगानीकर्ताले ६.५४ प्रतिशतले कमाउन सफल भएको छ ।

एनएमबी हाइब्रिड फण्ड पहिलो ३.११, प्रभु सेलेक्ट फण्ड २.२६, एनआइसी एशिया ब्यालेन्स फण्ड २.०२, कुमारी बैंकको ऋणपत्र दुई र लक्ष्मी बैंकको ऋणपत्रका लगानीकर्ताले पनि दुई प्रतिशतले गुमाएका छन् ।