भन्सार छलि गरेको रासायनिक मल सहित ट्रक चालक पक्राउ

काठमाडौँ । सुनसरीको कोशी गाउँपालिका ४ बाट करिब १० लाख ३२ हजार रूपैयाँ मूल्य बराबरको भन्सार छलि गरेको रासायनिक मल सहित ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मझेपुर ग्राम पञ्चायत बोधवा १२ बस्ने २० वर्षीय धरमेस कुमार रहेका छन् ।

बी आर ०६ जीसी १२०३ नम्बरको भारतीय ट्रक सहित यउनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँस्थित कोशी कटान चेक पोष्टमा चेकिङ गर्ने क्रममा उक्त ट्रकमा भन्सार छली गरेको उक्त मुल्य बराबरको मल फेला पारी ट्रक सहित चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बरामद ट्रक र मल सेतुबन्धु भन्सार कार्यालय कोशिब्यारेजमा बुझाइएको छ ।