प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य निर्वाचित

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश १ बाट नेकपा माओवादी केन्द्रका रनसिंह परियार विजयी भएका छन् । कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

रनसिंहे हुम्ला प्रदेश १ का स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई १ हजार ८ सय ५१ मतान्तरले पछि पार्दै विजयी भएका थिए। उनले ६ हजार ४ सय ८१ मत ल्याएर निर्वाचित हुँदा शाहीले ४ हजार ६ सय ३० मत प्राप्त गरेका थिए।
नेपाली कांग्रेस, एमाले र माओवादीले प्रदेशसभा सदस्यका लागि महिलालाई टिकट पाएका थिएनन्।

साना दलहरुमा एकमात्र दल नेपाल मजदुर किसान पार्टीले सुर्खेत क्षेत्र नं १ को ९२०मा मनकली रामजाली, क्षेत्र नं २ को (१)मा बिजुकला राना र दैलेख क्षेत्र नं १ को (२) बाट लक्ष्मीकुमारी सिंहलाई प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षमा उठाएको थियो । उक्त निर्वाचनमा रामजालीले ६३, रानाले ३ सय ६ र सिंहले २ सय २ मत मात्र ल्याएर विजयी भएका थिए ।

जित्ने सम्भावना भएका कुनै पनि ठूला दलहरुले प्रत्यक्षमा महिला उम्मेदवार नबनाएको अधिकारकर्मी पवित्रा शाहीले बताएकी छिन् । महिला प्रत्यक्षमा चुनाव लड्न सक्दैनन् जस्तो गरेर टिकट बाट वञ्चित गर्नु संविधान विरोधी कार्य भएको शाहीले बताइन ।

अध्यक्ष विमला केसीले महिलाहरु प्रत्यक्षमा टिकट लिएर जित्ने क्षमता राख्न सक्छन् भन्ने उदाहरण देशैभरि देखिसकिएको बताइन। महिलाले टिकट नपाएका भन्ने चाँहि होइन तर संवैधानिक व्यवस्थाबमोजिम न्यायिक बन्न सकेन, र कर्णाली प्रदेशसभा सदस्यमा सबै पार्टीले प्रत्यक्षमा महिला उम्मेदवार उठाउने सवालमा निकै ठूलो अन्याय भएको केसिले बताइन् ।

त्यसैगरी निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्का अनुसार एमालेको १ लाख ८३ हजार ९ सय ५०, नेपाली कांग्रेसले १ लाख ७० हजार ७ सय ५६, नेकपा माओवादी केन्द्रले १ लाख ३७ हजार ६ सय २९, नेकपा एकीकृत समाजवादीले ३५ हजार ८ सय २६, राप्रपाले २५ हजार १ सय ८६, नेमकिपाले ८ हजार ९ सय ९३ र नेकपा मालेले ३ हजार ९९ समानुपातिक मत प्राप्त गरेका छन् ।

अन्य दलरुले २ हजारभन्दा कम मत ल्याएका छन् । सबै दलहरु गरेर कर्णाली प्रदेशमा ५ लाख ७६ हजार १ सय ६७ समानुपातिक मत प्राप्त गरेको आयोगले उल्लेख गरेको छ । प्रत्यक्षमा २४ सिट भएको प्रदेशमा सबै पुरुषहरुले जितेर आएको बताएका छन्।