विश्वकप फुटबल : स्पेन र जर्मनीको खेल बराबरी

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीबिच भएको खेल बराबरी भएको छ ।

अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६२ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए ।

यसपछि खेलको ८३ औँ मिनेटमा जर्मनीका खेलाडी निकलस फूलक्रुगले गोल गर्दै खेललै १–१ गोलको बराबरी ल्याएका छन् ।

यस बराबरीसँगै समूह ‘ई’ बाट दुवबै टोलीको नकआउट सम्भावना कायम रहेको छ । स्पेनले दुई खेलमा ४ अङ्क जोडेको छ भने जर्मनी दुई खेलमा १ अङ्क जोडन सफल भएको छ ।