नेपाललाई फसाउने षडयन्त्र भइरहेको दावी


भक्तपुर, माघ । विदेशी शक्तिहरुको चलखेल नेपालमा बढ्दै गईरहेको चर्चा चलिरहेका बेला नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विभिन्न बहानामा नेपाललाई फसाउने षडयन्त्र भइरहेको दावी गरेका छन् ।

देकाचामा आयोजित भक्तपुर नगरपालिकाको चौथो नगरसभालाई सम्वोधन गर्दै उनले नेपाललाई फसाउने षडयन्त्रप्रति सरकार सचेत हुनुपर्ने बताए ।