पाल्पा उद्योग वाणिज्य सङ्घमा भट्टराई विजयी

काठमाडौं । पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शैलेन्द्र भट्टराई विजयी भएका छन् । सोमबार तानसेनमा भएको मतदानमा उनले ६ सय ४१ मत प्राप्त गरेका थिए ।

सङ्घमा कुल १ हजार १ सय ३५ मतादाता रहेका थिए । सङ्घको उद्योग उपाध्यक्षमा उत्तमकुमार बज्राचार्य १ सय ७ मतसहित विजयी भएका थिए ।

सङ्घको वाणिज्य उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस्तै क्षेत्र नं ११ को २ सदस्यका लागि भएको निर्वाचनमा ३ जना चुनावी मैदानमा रहेकामा कमल पाण्डे र लक्ष्मण बस्याल निर्वाचित भएका छन् ।कुल २५ पदका लागि हुने निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र क्षेत्र नं ११ को २ सदस्यका लागि मात्र निर्वाचन भएको थियो ।

एशोेसिएट सदस्यमा विष्णुप्रसाद पाण्डे, क्षेत्र नं २ को सदस्यमा सञ्जयकुमार श्रेष्ठ, क्षेत्र नं ३ को १ सिटमा खुमप्रसाद पोखरेल, क्षेत्र नं ४ को २ पदमा नारायण पछाईँ, मञ्जु रेग्मी, क्षेत्र नं ५ को सदस्य २ सिटमा विनायक महर्जन, किशोरदर्शन बज्राचार्य, क्षेत्र नं ६ मा २ सिटका लागि लक्ष्मणप्रसाद रेग्मी, अमनप्रसाद श्रेष्ठ, क्षेत्र नं ७ को २ सिटमा सविन मल्ल, महेश शर्मा आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी क्षेत्र नं ८ मा २ सिटका लागि रञ्जनाकुमारी थापा अर्याल, प्रज्वलराज शाक्य, क्षेत्र नं ९ को १ सिटमा समिरमान सिंह, क्षेत्र नं १० को २ सिटमा विदुर घिमिरे, सुरेश गोदार, क्षेत्र नं १२ को २ सिटमा दीपक घिमिरे, मुक्तिराम जिसी र क्षेत्र नं १३ को १ सिटमा समता मियाँ निर्विरोध भएका छन् ।