काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा एमालेका रघुवीर महासेठले ३२ हजार २ सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा महासेठले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १ सय २४ मतले पछि पारेका थिए ।
यादवले ३२ हजार १ सय १२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
Add Comment