विकल्पसहित व्‍यवस्थापन गर भन्दै सुकुमबासीकोे महानगरमा प्रदर्शन

काठमाडौा । आज पनि थापाथलीस्थित सुकुमबासीहरुले विरोध प्रदर्शन गरेका छन्। काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन थालेपछि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शनमा उत्रिएका थिए ।

मंगलबार बिहान उनीहरुले डोजर आतंक बन्द गर,उठिबास बन्द गर भन्दै महानगरमा पुगेर उनीहरुले चर्को नाराजुलुश गरेका छन् । अहिले उनीहरु महानगरपालिकाबाट फर्केर थापाथलीतिर जाँदैछन्।

प्रदर्शनकारीहरुले बालेन शाह राजीनामा दे, उचित विकल्पसहित व्‍यवस्थापन गर,बसोबासको आधारमा लालपुर्जा वितरण गर,उठिबास बन्द गरजस्ता नारा लगाएर प्रदर्शनमा उत्रिएका छन्।

सोमबार सुकुमबासी बस्ती हटाउन गएको सुरक्षासहितको महानगरपालिको टोलीमाथि बस्तीका बासिन्दाले हँसिया,लाठीलगायतका घरेलु हतियार र ढुंगामुढा प्रहार गरेका थिए। सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौं महानगर सुरक्षा बलका प्रमुख राजु पाण्डेसहित १८ प्रहरी घाइते भएका थिए।