काठमाडौं । विश्वकपको सफल टोली ब्राजिल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १-० गोलले हराएको थियो। लगातार दोस्रो जित निकालेको ब्राजिल एक खेल अगावै अन्तिम १६ मा पुगेको बताएको छ ।
समूह ‘जी’ अन्तर्गत दोहास्थित स्टेडियम सोमबार नै भएको खेलमा सर्बिया र क्यामरुनले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । ब्राजिल विश्वकपको नकआउट चरणमा पुग्ने दोस्रो टोली हो ।
Add Comment