विश्वकप फुटबलमा पोर्चुगल नकआउट चरणमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको छ ।

हिजो राति भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २(० गोलले हराएको थियो। लगातार दोस्रो जित पछि पोर्चुगल एक खेल अगावै नकआउट चरणमा पुगेको हो । यसअघि पहिलो खेलमा पोर्चुगलले घानालाई ३(२ गोलले पराजित गरेको थियो ।

पोर्चुगललाई जिताउन दुवै गोल ब्रुनो फर्नान्डेसले गरेका थिए । यसैगरी दोस्रो हाफको इन्जुरी समयमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै टोलीलाई जिताएका थिए । उरुग्वेका खेलाडीले डिबक्सभित्र ह्यान्ड गरेपछि पोर्चुगलले भीएआरको सहायतामा पेनाल्टी पाएको थिए ।

जितसँगै ६ अंक बनाएको पोर्चुगल शीर्षस्थानमा रहेको छ ।