अमेरिकन फ्रिडम पार्टी र रास्वपाको चुनाव चिह्न घण्टी संयोग मात्र हो : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा पुन निर्वाचित भएकोमा एमालेको भ्रातृ संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना तथा बधाई दिएको छ । अध्यक्ष ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति कटाक्ष गर्दै चुनाव चिह्न बारे सोधेका छन् ।

पार्टी कार्यालय ललितपुरको च्यासलसमा भ्रातृसंगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चको शुभकामना तथा बधाई कार्यक्रममा उनले अमेरिकन फ्रिडम पार्टीको चुनाव चिह्न र नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न किन उस्तै भयो ?

आजको कार्यक्रममा सबैभन्दा धेरै रास्वपाको विपक्षमा बोलेका ओलीले भने, अमेरिकामा एउटा अमेरिकन फ्रिडम पार्टी छ। त्यसको चिह्न घण्टी छ। दुरुस्तै आकारको फोटो खिचेजस्तो घण्टी यहाँ ल्‍याएको छ। तर फ्रिडम पार्टी । यो संयोग नै होला।

ओलीले पहिले सुकेको घण्टी अहिले बेलुन झै फुलेको बताए । ओलीले आजको कार्यक्रममा धेरै अध्यात्मवादका बारेमा बोले । नेपालमा पश्चिमावाद आउन सक्ने भन्दै चिन्ता गरेका थिए ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ दोस्रो स्थान र समानुपातिकमा सर्वाधिक मत प्राप्त गरेको छ ।कार्यक्रममा अध्यक्ष ओलीले भूगोल र संस्कृति देशको पहिचान भएको भन्दै आफ्नो संस्कृति परित्याग गरेर बेहिचक कुनै संस्कृति अपनाउनु दुखद् भएको बताएका थिए ।

ुदेशको पहिचान मूलतस् भूगोल र जनताले निर्धारण गर्छ । जनता भनेको संस्कृतिले गर्छ । कि संस्कृति कि भूगोल । भूगोल रहेन भने देश नै रहँदैन, ओलीले भने ुभूगोलमा आफ्नै संस्कृति छैन र आफ्नो संस्कृतिप्रति गौरव छैन भने सानो प्रलोभन वा कुनै कारण आफ्नो संस्कृति परित्याग गरेर बेहिचक कुनै संस्कृति अपनाइन्छ भने त्यो दुखद् कुरा हो र त्यसले राष्ट्रलाई कमजोर बनाउँछ । देशको पहिचानलाई कमजोर बनाउँछ ।

कार्यक्रममा महासचिव शंकर पोखरेल, कार्यालय सचिव डा. भीष्मराज अधिकारीसहित नेताहरूको उपस्थित रहेको थियो ।