तत्कालीन इन्जिनियर सहित ६ जना विरुद्ध भ्रष्टाचारको दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन इन्जिनियर सहित ६ जना विरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सल्यानको शारदा नगरपालिका, वडा नम्बर १५ अन्तर्गत पूर्वाधार विकास कार्यालय, सल्यानबाट आर्थिक वर्ष ०७७।०७८ मा सडक निर्माण कार्यमा लागत अनुमान विपरीत कार्य गरेको हुँदा पूर्वाधार विकास कार्यालय तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुन सहित ६ जनाले सडक निर्माण स्थलमा नगरेको कामको परिमाणसमेत मूल्याङ्कन गरी नापी किताबमा चढाई गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी झुट्टा स्वीकार गरेका छन् ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार अन्तिम विल भुक्तानी गरी निजहरु विनोद पुन, प्रकाश शाही र कुमार बोहराले भ्रष्टाचार निवारण ऐन अनुसार लुकाई छिपाई नभए नगरेको कुरा देखाई गलत प्रतिवेदन स्वीकृत गरे । विनोद पुन, प्रकाश शाही र कुमार बोहरालाई ७ लाख १४ हजार ४१ रुपैयाँ ९ पैसा बिगो कायम गरी भ्रष्टाचार ऐन, बमोजिम कैद र विगो बमोजिम जरिवानाको मागदावी लिइएको छ ।

सुन्दरडाँडा थाङ्नेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर वुढा सहितले वास्तविक रुपमा भएको कार्यभन्दा बढी नगरेको सम्झौता बिपरीत भुक्तानी माग गरी भुक्तानीसमेत लिई निजहरु कुलबहादुर वुढा, नन्दकुमारी कवर र मानदेव कवरलाई भ्रष्टाचार ऐन बमोजिम ७ लाख १४ हजार ४१ रुपैयाँ ९ पैसा मात्र जरिवाना लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।