उदयपुर–१ मा कांग्रेसका खड्का निर्वाचित

काठमाडौँ । उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक विजयी भएका छन् । खड्काले ३१ हजार २ सय ७० मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) की मञ्जुकुमारी चौधरीले २८ हजार ८ सय ९१ मत प्राप्त गरिन् ।

यस क्षेत्रमा ७६ हजार ७ सय ५६ मत खसेको थियो । मतपरिणामअनुसार ३ हजार ९ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझी तेस्रो स्थानमा रहन सफल भए । यस क्षेत्रमा १६ जना उम्मेदवार रहेका थिए ।

पूर्वसहरी विकास राज्यमन्त्री चौधरी डा खड्काको पुरानै प्रतिस्पर्धी हुनु् । विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाएकी चौधरीलाई पराजित गरेका खड्का यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।