नेप्से परिसूचक २.९९ अङ्कले बृद्धि

काठमाडौँ । आज नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.९९ अङ्कले उकालो लागेर १ हजार ९ सय ५३.३५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९ अङ्कले उकालो लागेर ३ सय ८२ दशमलव ६९ मा कायम छ । आजको कारोबारमा कूल ३ सय ३४ कम्पनीको २५ लाख ८९ हजार ९ सय ९७ कित्ता शेयर  ९५ करोड ७० लाख ६० हजार २ सय २५ मूल्यमा खरिद बिक्री भएको छ । 

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको ९ करोड ७२ लाख ७५ हजार ३ सय ८२ बराबरको कारोबार गरेको छ ।

धौलागिरी लघुवित्त ६.१०, एनसिसी बैंक ५.०५, एनआइसी एशिया बैंक ४.१८, गुह्यश्वरी मर्चेन्ट बैंक ४.०३ र खप्तड लघुवित्तका लगानीकर्ताले ४.०२ प्रतिशतले कमाएका छन् ।

एनआइसी एशिया ब्यालेन्स फण्ड ४.६०, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १३.६८, नेपाल एसआइबी बैंक ३.६३ ,सिद्धार्थ इन्स्योरेन्स ३.४४ र नबिल ब्यालेन्स फण्ड तीनका लगानीकर्ताले २.६० प्रतिशतले गुमाएका छन् ।