कास्कीमा पाँच प्रतिशत मत बदर

काठमाडौं । कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब ५ प्रतिशत मत बदर भएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ तीनवटै निर्वाचन क्षेत्रमा गरी ६ हजार ७ सय ३८ मत बदर भएको छ । जिल्लाको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ छ हजार २० मत बदर भएको छ भने समानुपातिकतर्फ १० हजार तीन सय ८५ मत बदर भएको बताएका छन ्।

यसैगरी तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा कूल २ लाख ९१ हजार पाँच सय ६८ मतदाता रहेकामा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ १ लाख ७८ हजार ८ सय छ मत खसेकोे थियो । त्यसमध्ये सदर मत १ लाख ७० हजार ३ सय ४४ र बदर मत ८ हजार ४ सय ६४ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिएका छन् ।