समानुपातिकमा एमालेलाई २७ लाख मत

काठमाडौं । आज ६ बजेसम्मको तथ्याङ्क अनुसार समानुपातिकतर्फ नेकपा एमाले को अग्रता रहेको छ । हालसम्मको १ करोड १ लाख ७१ हजार २ सय ७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार ६ सय ३९ मत प्राप्त गरेको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश नं १ मा एमालेले ६ लाख २९ हजार ८ सय ८५, कांग्रेसले ५ लाख २९ हजार ८ सय ९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९० हजार ६ सय ४ र माओवादी केन्द्रले १ लाख ७७ हजार २ सय ६१ मत प्राप्त गरेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी रहेको छ । नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९०, नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ४ सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार २ सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार २ सय ७५, जनता समाजवादी पार्टीले ४ लाख ८ हजार ९ सय ६४, जनमत पार्टीले ३ लाख ७६ हजार १ सय ९९, नेकपा ९एकीकृत समाजवादीले २ लाख ९० हजार १ सय ९६ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४ सय ३६ मत प्राप्त गरेका छन् ।

यसैगरी लुम्बिनीमा एमालेले ५ लाख ७० हजार ९ सय २१, कांग्रेसले ४ लाख ९९ हजार ९ सय ८६, माओवादीले १ लाख ९८ हजार ४ सय ५०, राप्रपाले १ लाख २७ हजार ४ सय ५२ र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५ सय २१, कर्णालीमा एमालेले १ लाख ८३ हजार ९ सय ५०, कांग्रेसले १ लाख ७० हजार ७ सय ५६ र माओवादीले एक लाख ३७ हजार छ सय २९ तथा सुदूरपश्चिममा एमालेले दुई लाख ४८ हजार आठ सय ४०, कांग्रेसले दुई लाख ४३ हजार २९ र माओवादी केन्द्रले १ लाख १८ हजार ९ सय ३ मत प्राप्त गरेका छन् ।

मधेसमा कांग्रेसले ३ लाख ८६ हजार २ सय ९३, एमालेले ३ लाख ४३ हजार ७ सय २८, जनमत पार्टीले ३ लाख ७ हजार ३ सय ५०, जसपा नेपालले २ लाख ८७ हजार ८ सय ४६, माओवादी केन्द्रले १ लाख ७८ हजार ९ सय ३६, एकीकृत समाजवादीले १ लाख १२ हजार २ सय ६४ र लोसपा नेपालले १ लाख १० हजार सय ५२ मत प्राप्त गरेका छ ।

बागमतीमा एमालेले ५ लाख ५४ हजार १ सय, कांग्रेसले ४ लाख ६३ हजार १ सय ३८, माओवादी केन्द्रले २ लाख ६९ हजार २ सय १५ र राप्रपाले २ लाख ६६ हजार ५ सय २४, गण्डकी प्रदेशमा एमालेले ३ लाख ४० हजार ५ सय ३३, कांग्रेसले ३ लाख १७ हजार ५ सय ९६ र माओवादी केन्द्रले १ लाख १५ हजार ३ सय ६६ मत प्राप्त गरेको जानकारी दिएका छन् ।