सुनसरी(४) बाट कांग्रेसका कार्की निर्वाचित

काठमाडौं । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की निर्वाचित भएका छन् । उनले ३० हजार ४ सय ८३ मत प्राप्त गरेका छन् ।

यसैगरी उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् । कार्की सूचना तथा सञ्चारमन्त्री समेत रहेको छन् ।