ग्रेडरको ठक्करबाट १ विद्यार्थीको मृत्यु

काठमाडौं । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा १ विद्यार्थीको मृत्यु भएको छ । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान साइकलमा स्कुल गइरहेका बेला गे्रडरले ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउद रहेकी छिन् । उनी घरबाट विद्यालय जाँदै थिइन् । मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत रहेकी थिइन् ।