नेप्से परिसूचकमा ११.२२ अङ्कले बृद्दि

काठमाडौं । आज शेयर बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.२२ अङ्कले उकालो लागेर १ हजार ९ सय ६१ दशमलव शून्य ६ मा पुगेको छ ।

यस्तै १० उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कारोबार भएका २ सय ४१ कम्पनीको ३८ लाख ६५ हजार ९ सय ६१ कित्ता शेयर १ अर्ब ३२ करोड २९ लाख ७२ हजार १ सय ८५ मूल्यमा खरिद बिक्री भएको छ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८२ अङ्कले उकालो लागेर ३ सय ८३ दशमलव ६६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये ३ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको १४ करोड ४५ लाख ५६ हजार ७ सय ९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । त्यस्तै एनसिसी बैंकको संस्थापक शेयर ८ करोड १३ लाख ५९ हजार १ सय १५, हिमाल दोलखा हाइड्रोपावर ७ करोड ७१ लाख ९४ हजार २ सय ३५, हिमालयन डिस्टिलरी ७ करोड २ लाख १५ हजार ८ सय ५०, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था ४ करोड ४९ लाख ६० हजार ३ सय २७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

यसैगरी सिटिजन म्युचुअल फण्ड १ तीन दशमलव ६४, घलेम्दी हाइड्रोपावर २ दशमलव ६३, रुरु जलविद्युत परियोजना २ दशमलव ५३, सयपत्री हाइड्रोपावर २ दशमलव ४७ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले २ दशमलव ४० प्रतिशतले गुमाएका छन् ।

नेप्सेकाअनुसार धौलागिरि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । श्वेतगङ्गा हाइड्रोपावर ९.२१, लाइफ इन्स्योरेन्स कर्पोरेशन ५.०८, स्वाभिमान लघुवित्त ४.९५ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ४.३९ प्रतिशतले कमाएका छन् ।