चेतन अयडीको हत्याको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौँ । चेतन अयडीको हत्या गरेको आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् ।

मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि वडाध्यक्ष अयडीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीसँगै अन्य दुई जनालाई पनि पक्राउ गरेएको बताइएको छ ।

मंसिर ४ गते त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदानका क्रममा भएको विवादलाई लिएर काँग्रेसका कार्यकर्ताले अनेरास्वियुको सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष समेत रहेका अयडीलाई कुटपिट गरेपछि उपचारका क्रममा मृत्यु भएको एमालेको आरोप छ ।