स्कटल्याण्डविरुद्ध १३७ मा समेटियो नेपाल

काठमाडौँ । ब्याटिङमा निरिह बनेको नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलामा स्कटल्यान्डलाई १ सय ३८ रनको लक्ष्य दिएको छ। नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको हो ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन बनाए । ज्ञानेन्द्र मल्लले २५ रन, अर्जुन साउदले १८ रन तथा कप्तान रोहित पौडेलले १७ रनको योगदान दिए । स्कटल्याण्डका लागि क्रिस सोलले ३ विकेट तथा मार्क वाटले २ विकेट लिए । हाल लिगमा नेपाल २१ खेलबाट १८ अंक बटुल्दै पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

स्कटल्याण्ड २९ खेलबाट ४२ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ । शुक्रबारदेखि सुरु भएको शृंखलाको नेपाल र नामिबियाबीचको पहिलो खेलमा वर्षा बाधक बन्दा नतिजाविहीन भएको थियो