सुरक्षित बसोबासको माग गर्दै सुकुमबासीद्धारा माइतीघरमा प्रदर्शन

काठमाडौँ । सोमबार काठमाडौंमा सुकुम्बासीहरूले दबाबमूलक प्रदर्शन गरेका गरेका छन् । माइतीघबाट सुरु भएको उनीहरुको दबाबमूलक र्‍याली बानेश्वरमा पुगी कोणसभामा परिणत भएको छ ।

प्रदर्शनका क्रममा सुकुम्बासीहरूले आफूहरुलाई सरकारी तबरबाटै उचित व्यवस्थापन हुनुपर्ने माग गरेका छन् । उनलीहरुले विभिन्न नारासहितका प्लेकार्ड बोकेका उनीहरुले के सहर गरिबको पनि होइन र ?, नागरिकको अधिकार खोइ ?, उठिबासको त्रास कहिलेसम्म ? भन्दै नारा समेत लगाएका थिए ।

उनीहरुले लालपुर्जाविहीनताको अवस्था कहिलेसम्म ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

काठमाडौं महानगरपालिकाले नदी किनारामा बस्दै आएका सुकुमबासीलाई बस्ती खाली गर्न भन्दै पत्राचार गरेको थियो । तोकेको सीमाभित्र बस्ती नउठेपछि महानगर डोजरसहित सुकुमबासी बस्ती पुगेको थियो । सो क्रममा सुकुमबासी र प्रहरीबीच झडप समेत भएको थियो ।