आज सुन चाँदीको मूल्य स्थिर

काठमाडौँ । आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा स्थिर रही प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सयमा कारोबार भएको छ ।

सुन अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीसमेत अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही १ हजार ३ सय ५० तोकिएको महासङ्घले जनाएको छ ।