वर्षमान पुनको उपचार सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको चीनमा उपचार सुरु भएको छ।
पुनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको हो ।

पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जण्डिसबाट पीडित छन् । पुन पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले उपचार सुरु भएको र स्वास्थ्यमा सामान्य सुधार आएको बताएकी छिन् ।

नेपालबाट जाँदा जण्डिसको मात्रा (बिलरुबिन) २७ रहेकोमा अहिले घटेर २४ मा आएको जानकारी घर्तीले दिइन् । चुनावी धपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरुको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुवई, ग्वान्झाओ हुँदै सेन्जेन प्रस्थान गरेका थिए ।