काठमाडौंमा धुमधामले मनाइँदैछ ज्यापु दिवस र योमरी पुन्हि

काठमाडौँ । आज राष्ट्रिय ज्यापु दिवस अर्थात् योमरी पूर्णिमा पर्व हो । हेमन्त ऋतुमा पर्ने शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा काठमाडौंका नेवार समुदायले आज धुमधामले मनाइँदैछ ।

१९ औँ राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू समुदायले सांस्कृतिक र्‍याली पश्चात् वसन्तपुरमा पुगेर औपचारिक कार्यक्रमको सुरुवात गरेको छ । 

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि रहनुभएको थियो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडाैं क्षेत्र १ का सांसद प्रकाशमान सिंह, काठमाडाैं क्षेत्र ९ का सांसद कृष्णगोपाल श्रेष्ठ, ललितपुर क्षेत्र २ का सांसद प्रेमबहादुर महर्जन, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, ज्यापू महागुथिका अध्यक्ष, ज्यापू समाज,यलका अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ज्यापू संस्कृति विकास काेषका अध्यक्ष मङ्गलकृष्ण सिंहको अध्यक्षतामा भएको हो । कार्यक्रममा समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेहरूलाई सम्मान गरिएको थियो । मूल कार्यक्रम हुनुअघि ज्यापू समुदायले सांस्कृतिक अभियान स्वरूप बाजागाजासहित सांस्कृतिक नगर परिक्रमा गरेका थिए ।

नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’पनि भनिन्छ ।

उन्नाइसौँ राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमाका अवसरमा बसन्तपुरमा आयोजित सांस्कृतिक ¥यालीमा काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दुर शाक्य र हालका उपप्रमुख सुनिता डङ्गोललगायत सहभागी भएका छन् ।

नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ । भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी ९मुतुमारी० बनाई पूजा गरी चढाउने गरिन्छ ।

नेपाल भाषामा योको अर्थ मनपर्ने र मरीको अर्थ रोटी हो । यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो ।