प्रधानमन्त्रीद्धारा सुदूरपश्चिम महोत्सवको उद्घाटन

काठमाडौँ । सुदूरपश्चिममा प्रधानमन्त्री शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गरेका छन्। नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको बेला महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री देउवा बिहीबार दिउँसो धनगढी पुगेका थिए ।

धनगढी उपमहानगरपालिका १ पशुपति टोलमा सञ्‍चालनमा रहेको महोत्सवको १६ औं संस्करण हो। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव पुस २ गतेसम्म सञ्चालनमा हुनेछ।

कैलाली उद्योग वाणिज्य सं‌घले २०६३ सालदेखि महोत्सवको आयोजना गर्दै आएको छ।