समस्या समाधानको लागि सरकार गम्भिर छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी व्यवसायीहरुका समस्या समाधानको लागि सरकार गम्भिर रहको बताए ।

बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै शर्माले उद्योगी व्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताए ।

उनले सरकारले तरलता तथा बैंक ब्याजदर वृद्धि लगायतले उद्योग व्यवसायीहरुका समस्या समाधानको लागि निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहितको कार्यदल दिएको सुझावका आधारमा काम भइरहेको बताए । उनले मन्त्री परिषद्मा सरकारको निजी क्षेत्रका समस्या समाधान गर्न हस्तक्षप गर्नुपर्ने माग राखेको समेत बताए ।

मन्त्री शर्माले उद्योगी व्यवसायीहरुले सडक रोज्नु नहुने भन्दै सरकारले कुनैपनि व्यवसायी सडकमा आउनुपर्ने वातावरण नबनाउने बताएका छन् । सरकार व्यवसायीहरुका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीहरुले सडक रोज्न नहुने उनको भनाइ छ । मन्त्री शर्माले व्यवसाय नै छोडेर सडकमा आन्दोलन गर्ने व्यवसायीहरुको काम नभएको बताए ।

बैंकको ब्याजदर वृद्धि, चालु पुँजी कर्जा निर्देशिककाको सन्दर्भमा सरकारले गम्भिरतापूर्वक छलफल गरिरहेको छ । सरकार निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै बलियो अर्थतन्त्र बनाउन आवश्यक रहेको भन्दै व्यवसायीहरुले निजी क्षेत्र निराश छन्, अर्थतन्त्र संकटमा छ जस्ता अभिव्यक्ति नदिन आग्रह गरे । ।