जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ पकनाजोलस्थित सुरज तामाङले संचालन गरेको काठमाडौं भिल्ला एण्ड बारको पहिलो तलाको अपार्टमेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति काभ्रे पाँचखाल नगरपालिका- ८ घर भएकी २९ वर्षीया सोनु तामाङ समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ६ सय रुपैँया र ३ बुक तास सहित पक्राउ गरेको बताएका छन् ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन् ।