शनिबारदेखि प्रथम मेयर कप फुटबल

काठमाडौं । रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागेका छन् ।

यही मङ्सिर २४ देखि आगामी पुस २ गतेसम्म प्रतियोगिता हुने कार्यक्रमका संयोजक कृष्ण चौधरीका बताएका छन् । नेपाल माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले बताए। प्रतियोगितामा प्रथम हुने टोलीलाई १ लाख ११ हजार १ सय ११ र द्धितीय हुनेलाई ५५ हजार ५ सय ५५ नगदसहित शिल्ड र मेडल प्रदान गरिने भएका छन् ।

चौधरीले प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई २ हजार ५ सय र सम्पूर्ण खेल मध्ये म्यान अफ दि सिरिज हुने खेलाडीलाई १२ हजार ५ सय प्रदान गरिने जानकारी दिएका छन् ।

प्रतियोगिताका लागि नगरपालिकाले ७ लाख ९८ हजार ६ सय ६६ बजेट बिनियोजन गरेको उनले जानकारी दिएका छन् । नगरपालिकास्तरीय मेयर कप भइरहने भए पनि जिल्लास्तरीय अन्तर नगरपालिका फुटबल भने पहिलो भएको चौधरीले बताए । जिल्लाका १ महानगरपालिका, ५ नगरपालिका १ गाउँपालिकाका खेलाडीको सहभागिता रहने बताएका छन् ।