कोभिडविरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले कोभिड १९ विरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान खोप अभियान सञ्चालन गर्ने भएको छ ।

अझै पनि जिल्लाको ग्रामीण क्षेत्र नागरिकले कोभिड १९ विरुद्धको खोप नलगाएको जिल्लाको ग्रामीण क्षेत्र नागरिकले पाइएकाले खोप अभियान सञ्चालन गर्न भएका छन् ।

कोभिड १९ विरुद्धको खोप अभियान कार्यक्रम खोपका पहुँच सबै नागरिकमा पुर्‍याउन खोप अभियान सञ्चालन गर्न लागिएको रेडक्रस पर्सा शाखाका सभापति बीरेन्द्रराज कँडेलले जानकारी दिएका छन् । पर्सामा खोप लगाउन पकहामैनपुर गाउँपालिका र बिन्दवासिनी गाउँपालिकामा बाँकी रहेका छन् ।

पर्साको पकहामैनपुर र बिन्दवासिनी गाउँपालिकामा जनचेतनामूलक काम गर्ने र विद्यालयमा पनि अभियान सञ्चालन गर्ने तयारी गरिएको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका कार्यक्रम संयोजक अजय यादवले बतमएका छन् ।

खोप लिनेको सङ्ख्याका आधारमा सबैभन्दा कम पर्सा जिल्ला रहेको र जिल्लामा पनि सबैभन्दा कम पकहामैनुर, बिन्दवासिनी र सखुवा प्रसौनी गाउँपालिका रहेको सभापति कँडेलले जानकारी दिएका छन् । यस क्षेत्रमा खोप लिनेको सङ्ख्यामा वृद्धि गराउन तथा शतप्रतिशत पुर्‍याउन अभियान नै चलाउनु परेको उनको भनाइ रहेको छ । कँडेलका अनुसार हाल २ वटा पालिकाका पकहामैनपुर र बिन्दवासिनीलाई कार्यक्षेत्र बनाइएको छ ।

बिन्दवासिनी गाउँपालिकामा ५ वर्षदेखि ११ वर्ष उमेरका १२ हजार ८ सय ९१ जना र १२ वर्षदेखि १७ वर्षसम्मका ४ सय ६४ जना, १८ वर्षभन्दा माथिका १२ हजार ३ सय ५१ जनालाई खोप लगाइएको र ५ वर्षदेखि ११ वर्षका ३ हजार ७ सय २६ जना, १२ देखि १७ वर्षका २ हजार ८ सय ५४ जना र १८ वर्षमाथि ६ हजार ९ सय ४८ जनालाई खोप दिन बाँकी रहेको बताएका छन् ।

यसैगरी पकहा मैनपुर गाउँपालिकामा ५ देखि ११ वर्ष उमेरका १३ हजार ४ सय ७६ जना, १२ वर्षदेखि १७ वर्षका २ हजार ८२ जनाले र १८ वर्षभन्दा माथिका १० हजार ७ सय ७७ जनालाई खोप लागेको छन् । साथै, ५ वर्षदेखि ११ सम्मका ५ हजार ७ सय ७८ जना, १२ वर्षदेखि १७ वर्षका ७ सय ४३ जना र १८ वर्षभन्दा माथिका ५ हजार ६ सय ५२ जनालाई खोप लगाउन बाँकी भएको बताएका छन् । खोप नलिएका केहीले खोप कार्ड भने बनाएको सर्भे गर्दा फेला नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले जानकारी दिएको छ ।