खुल्लामञ्चमा बनाएको सटर महानगरले भत्कायो


https://www.youtube.com/watch?v=8GYKYtVUlR0

काठमाडौं, वैशाख । राजधानीको केन्द्र विन्दुमा रहेको वसपार्कमा काठमाडौं महानगरपालिकाले पाँच वर्षभित्र काठमाडौं टावर बनाउने गरी मनोज भेटवाललाई दिएको ठेक्काका कारण वसपार्क खुल्लामञ्चबाट सञ्चालन भईरहेको छ । त्यही अस्थायी वसपार्कमा ठेकेदार मनोज भेटवालले अवैधानिक तवरले निर्माण गरेको सटरमा पसल राख्न दिने भन्दै प्रति सटर १० देखि १५ लाख सलामी लिएका थिए । करीव ४ दर्जन सटर निर्माण गरेर भेटवालले ५ करोड रुपैयाँ नगद उठाएको आरोप लागेको छ । अवैधानिक रुपमा टहरा निर्माण र करोडौंको चलखेल भएको भन्दै व्यापक विरोध भए पश्चात महानगरले शनिवार खुल्लामञ्चको टहरा भत्काएको छ ।
(यसरी भत्काइयो खुल्लामञ्चको टहरा (भिडियो सहित)


(यसरी भत्काइयो खुल्लामञ्चको टहरा (भिडियो सहित)