जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । गुल्मीका १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुसिकोट नगरपालिका-१ पखेरा बस्ने २१ वर्षीय दिपेन्द्र बिक रहेका छन् । दिपेन्द्रले ती किशोरीलाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदि अमराईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएका छन् ।

हाल यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।।