अन्तरपालिका भलिबल प्रतियोगिता सुरु

काठमाडौं । आजदेखि बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टकोआयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको बताएका छन् ।

ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताको विजेताले १ लाख २५ हजार र ट्रफी तथा उपविजेताले ७५ हजार पुरस्कार प्राप्त गर्ने बताए । उनका अनुसार प्रतियोगिताका सबै खेल दशरथचन्द खेल मैदान सुन्दरखालीमा हुने रप्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने छ ।

उनले भने खेलाडी उत्पादन गर्न तथा उनीहरुको क्षमता अभिवृद्धिका लागि बर्सेनि भलिबल प्रतियोगिता आयोजना गर्दैआएका छौँ ।