महानगर दिवसको अवसरमा फुटबल मैदानमा मेयर बालेन्द्र

काठमाडौँ । काठमाडौं महानगरपालिकाका २८ औं महानगर दिवसको अवसरमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार महानगरका प्रतिनिधि र कर्मचारीको टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको बताएका छन् ।

यसैगरी प्रमुख र प्रशासकीय अधिकृतको टोलीबीच फुटबल मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको जानकारी दिएका छन् । प्रतियोगितामा मेयर बालेन्द्र शाहले पनि फुटबल खेलेका छन् साथै फुटबल हेर्न उपमेयर सुनिता डंगोल समेत कार्यक्रममा उपस्थित भएकी थिइन।