प्रतिनिधिसभाको नतिजा राष्ट्रपतिसमक्ष पेश गरिने

काठमाडौं । मङ्सिर २९ गते निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार पेश गर्ने तयारी गरेका छन् ।

मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट निर्वाचित सदस्यहरूको विवरण आयोगले राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ । प्रमुख आयुक्त थपलियाका अनुसार, आयोगले समानुपातिकतर्फको सदस्यहरू निर्वाचित भएको घोषणा गर्ने तयारी गरेका छन् । त्यसका लागि आयोगले भोलि पत्रकार सम्मेलनको आयोजना गर्ने बताए ।

यसैगरी आयोगले राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट सङ्ख्या उनीहरूलाई पठाइसकेको बताएका छन् । आजसम्म सच्याएर आयोगमा पेश गर्न समय तोकेको र दलहरूले विवरण बुझाएपछि आयोगले सबै विवरण तयारी कानुन अनुसार निर्वाचित भएको घोषणा गर्ने तयारी गरेका छन् ।

आयोगले राष्ट्रपतिसमक्ष निर्वाचित सदस्यहरूको विवरण पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्ने र नयाँ सरकार गठनको प्रक्रिया पनि सुरु हुने बताएका छन् ।

आगामी पुस २ गते देशका सातवटै प्रदेशबाट निर्वाचित सदस्यहरूको विवरण एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेश गरिने जानकारी दिएका छन् ।