सट्टाबाजी गर्ने २ जना पक्राउ

काठमाडौं । अनलाईन मार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौंको नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ कपन बस्ने पाल्पा रैनादेवी छहरे गाउँपालिका-४ घर भएका ३७ वर्षीय रूद्र प्रसाद पोखरेल रहेको बताएका छन् ।

उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले जानकारी दिएको छ ।