गायक थापालाई आदर्श सम्मान

काठमाडौं । यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक वसन्त थापालार्ई प्रदान गरेका छन् । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–२०७९ गायक तथा सर्जक थापालाई प्रदान गरीएको हो ।

सहकारीको १६औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान प्रदान गरिएको आदर्श सहकारीले जानकारी दिएको छ । संस्थाका संस्थापक अध्यक्ष तथा निर्वतमान सांसद मनकुमारी केसी र संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले थापालार्ई नगद २५ हजारसहित सम्मान गरेका थिए ।

कलाकारितामा २ दशकदेखि निरन्तर साधनारत रही नेपाली मौलिक लोक सङ्गीतको जगेर्ना र विकासमा गायक थापाले पु¥याएको योगदान अतुलनीय रहेको भन्दै सम्मानित गरिएको अध्यक्ष जिसीले बताए। गायक थापाको सालकोपात टपरी हुने नहुने सल्लेको, खेतमा बोके झार, लोभी आँखा, बस्यो माया नबोली नबोलीलगायत चर्चित गीतमा आवाज तथा सङ्गीत दिएका छन् । उनको भर्खरै मात्र सार्वजनिक भएको गीत ‘हुन्छ भन’ भन्ने गीत युट्युबको ट्रेन्डिङमा रहेको छ । आदर्श सञ्चार सहकारीले प्रदान गर्ने आदर्श विशेष सम्मानबाट २ वर्षअघि चर्चिक गायक प्रकाश सपुतलाई प्रदान गरेका थिए ।

यस्तै सिर्जनशील पत्रकारिता पुरस्कार बागलुङका पत्रकार कोपिला कँडेललाई प्रदान गरेका छन् । आदर्श सञ्चार सहकारीका सहसम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले २०७१ सालमा विवाह खर्च कटाएर स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद १० हजार राशिको हो र डेढ दशकदेखि पत्रकारितामा क्रियाशील कँडेल रेडियो नेपाल, धौलागिरि एफएम र धौलागिरि टेलिभिजनमा समेत कार्यरत रहेको बताएका छन् ।

यसैगरी समाजमा विद्यमान भड्किलो विवाहविरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले विवाह खर्च कटाएर ५० हजारको आदर्श सञ्चार सहकारीमा अक्षयकोष स्थापना गरेका थिए । उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरिका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिँदै आएको छन् । अहिले उक्त कोषको राशि १ लाख पु¥याइएको बताएका छन् ।