‘प्लस साइज मोडल नेपाल’ हुँदै

काठमाडौं । मोटोपना भएका युवतीलाई लक्षित गर्दै सौन्दर्य प्रतियोगिता ‘प्लस साइज मोडल नेपालमा हुने भएको छ ।
मोडल सङ्स नेपालले मोटी युवतीहरूलाई लक्षित गरेर आयोजना गर्दै आएको प्रतियोगिताको यो चौथो संस्करण रहेको छ ।

वुमनिया’को प्रस्तुतिमा आयोजक मोडल सङ्घ नेपालले ‘प्लस साइज मोडल नेपाल–२०२३’को आवेदन खुला गरेको गरिएको छ ।

सो प्रतियोगितामा १६ देखि ४० वर्षसम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती र महिलाले भाग लिन पाउँने छन् । प्रतियोगितामा सहभागिताका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान रहेको आयोजकले बताएका छन् ।

मोटोपनाका कारण हीनताबोध भएका युवतीलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमता अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको ‘प्लस साइज मोडल नेपाल–२०२३ मा नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेको छ ।

राष्ट्रिय नाचघर, जमलमा पुस ९ गते शनिबार हुने अडिसनबाट छनोटमा परेका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि प्रशिक्षण दिइने आयोजकले बताए ।