श्रृखलाबद्ध बम विस्फोट भएपछि गृहमन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं, जेठ । उपत्यकामा श्रृखलाबद्ध रुपमा बम विष्फोटनका घटना भएपछि
गृह मन्त्रालयमा सुरक्षा समितिको आकस्मिक वैकक बसेको छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले देशभरको सुरक्षा व्यवस्था चुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

बैठकमा बादलले देशभरको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको भन्दै घटनाप्रति दुख व्यक्त गरेको जानकारी दिए । यस्तै उनले घटनामा संलग्नलाई चाँडोभन्दा चाँडो कारबाहीको दायरामा ल्याइने पनि बताए ।
आइतबार बेलुकीसम्म उपत्यकाको सुकेधारा र अनामनगरमा, लगनखेल नागढुङ्गा लगायतका स्थानमा बम विष्फोट भएको छ । सो घटनामा ४ जनाको मृत्यु भएको छ ।

घटनाको जिम्मेवारी हालसम्म कसैले नलिगेको भएपनि प्रहरी विप्लव समूहको हात रहेको आशंका गरेको छ ।