प्रधानमन्त्री ओलीको आकस्मिक दिल्ली भ्रमण तय

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको आकस्मिक रुपमा दिल्ली भ्रमणको तय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार भारत जाने भएका छन् ।

ओलीसँगै परराष्ट्र सल्लाहकार राजन भट्टराईका साथै परराष्ट्र मन्त्रालयका अधिकारी पनि दिल्ली जानेछन् ।

भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालको सपथ कार्यक्रममा बिम्सटेक राष्ट्रका सरकार प्रमुखलाई बोलाएपछि ओली आकस्मिक’ रुपमा दिल्ली जान लागेका हुन् । दिल्लीमा रहँदा ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

ओली सपथ समारोहमा सहभागी भएर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।